अष्ट्रेलियाबिरुद्धको टि-२० शिरिज वेस्ट इन्डिजले जित्यो

क्रिकेट

काठमाडौँ : अष्ट्रेलियाविरूद्धको पाँचौं तथा अन्तिम टी-ट्वान्टी क्रिकेट पनि वेस्ट इन्डिजले जितेको छ । योसँगै वेस्ट इण्डिजले टी-ट्वान्टी श्रृङ्खला ४–१ ले जितेको छ । शनिबार सेन्ट लुसियामा भएको खेलमा वेस्ट इण्डिजले दिएको दुई सय रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ९ विकेट गुमाएर १ सय ८३ रन मात्रै बनाउन सक्यो ।

अष्ट्रेलियाका कप्तान एरन फिन्चले ३४ तथा मिचेल मार्शले ३० रन बनाए । म्याथिउ वेडले २६ रन बनाउँदा मोइसेस हेनरिक्सले २१ रन बनाए । वेस्टइन्डिजका शेल्डन कट्रेल र आन्द्रे रसेलले ३-३ विकेट लिए भने हेडन वाल्शले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो । वेस्ट इण्डिजका इभन लेविसले ७९ रनको इनिङ्स खेले । अष्ट्रेलियाका एन्ड्रयु टाइले तीन तथा मिचेल मार्स र एडम जाम्पाले दुई/दुई विकेट लिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0