रोनाल्डोलाई पछि पार्दै इन्स्टाग्राममा मेस्सीको नयाँ कीर्तिमान

फुटबल

काठमाडौं : अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक कीर्तिमान बनाएका छन्। मेस्सीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेपछि राखेको फोटोमा २ करोडभन्दा बढी लाइक्स आइसकेको छ।

उक्त तस्बिरमा मेस्सीले एक्लै बसेर सिल समातेका छन् । यस्तै ग्रुपका तस्बिरले ११ मिलियन लाइक पाएको छ । हालैमात्र अर्जेन्टिनालाई २८ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि दिलाएका थिए।

यसअघि सर्वाधिक धेरै लाइक गरिएको फोटो रोनाल्डोले पोस्ट गरेका थिए । गतवर्षको नोभेम्बर २५ मा जब रोनाल्डोले महान फुटबलर म्याराडोनालाई श्रद्धाञ्जली दिँदै एउटा फोटो राखेका थिए त्यसमा १ करोड ९८ लाख लाइक आएको थियो।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
8
+1
22
+1
3
+1
11
+1
8
+1
5
+1
5