आहा-रारा गोल्डकप फाइनल शनिबार

फुटबल

पोखरा । पोखरामा जारी १९ औं संस्करणको आहा रारा गोल्डकपको फाइनल खेल शनिबार पोखरा रगंशालामा हुँदैछ । शनिबार दिउँस २ बजे उपाधिका लागि संकटा व्याइज क्लब र पाहुना टोली अफ्रिकन रुट्स एशोसियसन भिड्दै छन् ।

पाँच पटकसम्म आहा रारा गोल्डकपमा सहभागी बनेको संकटा क्लव पहिलो पटक फाइनलमा प्रवेश गरेको छ । पहिलो पटक फाइनलमा पुगेको संकटा इतिहाँस रच्ने दाउमा रहेको छ । पहिलो पटक सहभागिता जनाएको अफ्रिकन रुट्स पनि उपाधि चुम्ने लक्ष्यमा रहेको शुक्रबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा बताइएको छ ।

अफ्रिकन रुट्सका कप्तान साल्भियोले नेपाल पुलिस जस्तो शसक्त टिमलाई जितेर फाइनलमा पुगेको हुनाले खेलाडीहरुको हौसला उच्च रहेको बताउँदै पहिलो पटक नेपालमा उपाधि लिन यो अवसर नगुमाउने बताउनुभएको छ ।

यता संकटाका प्रशिक्षक सल्यान खड्गीले उपाधि होडमा आफ्नो टिमले कुनै कसर वाँकी नराख्ने बताउनुभएको छ ।

प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी कुल ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया र उपविजेता टिमले नगद ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेे छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0