लुगानो एफसीमाथि सिरी ए च्याम्पियन इन्टर मिलानको जीत

फुटबल

काठमाडौं, साउन ३ : पहिलो मैत्रीपूर्ण खेलमा सिरी ए च्याम्पियन इन्टर मिलानले स्विस क्लब लुगानो एफसीलाई पराजित गरेको छ । शनिबार राति भएको भएको खेलमा इन्टरले लुगानो एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराएको हो । यससँगै इन्टरले लुगानो कपको उपाधि समेत जितेको छ ।

खेलको निर्धारित समयमा दुबै टोलीले २–२ गोलको बराबरी बनाएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा इन्टरले जित निकाल्न सफल भयो । पेनाल्टी अघि खेलको ३० औं मिनेटमा सान्डी लोब्रिचले र ३५ औं मिनेटमा मिकाइल फाचिनेट्टीले गोल गर्दै लुगानोलाई २–० को अग्रता दिलाए ।

तर, ३८ औं मिनेटमा डानिलो डीएम्ब्रोसीले गोल गर्दै इन्टरलाई २–१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ५४ औं मिनेटमा इन्टरका मार्टिन साट्रीयानोले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0