च्याम्पियन्स लिग फाइनल इस्तानबुलमा

फुटबल

एजेन्सी । सन् २०२३ को यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनल खेल टर्कीको इस्तानबुलस्थित ओलम्पिक स्टेडियममा हुने भएको छ ।युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले २०२३ को च्याम्पियन्स लिगको टर्कीको ओलम्पिक स्टेडियममा गर्ने जनाएको हो ।

२०२० को फाइनल पनि इस्तानबुलमा नै तय भएको थियो । तर, कोरोना महामारीका कारण टर्की सरकारले अन्तर्राष्ट्रिय आवत जावतमा रोक लगाएपछि गत सिजनको फाइनल खेल पोर्चुगलको राजधानी लिस्बन शहरमा भएको थियो ।

यूईएफएका अनुसार २०२२ को च्याम्पियन्स लिगको फाइनल खेल रसियाको सेन्ट पिटर्सवर्ग स्टेडियममा हुँदा २०२४ को फाइनल खेल इंग्ल्यान्डस्थित वेम्ब्ले स्टेडियम तथा २०२५ को फाइनल जर्मनीको एलिनाज स्टेडियममा हुने जनाएको छ । यस्तै, महिलातर्फको २०२२ को च्याम्पियन्स लिगको फाइनल स्पेनको सेभियामा हुँदा २०२३ को हंगेरीको बुडापेस्ट, २०२४ को आयरल्यान्डको डब्लीन र २०२५ को फाइनल स्पेनको बिल्बाओमा हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
1