भारतसँग घरेलु टोली श्रीलंका पराजित

क्रिकेट

काठमाडौं : कप्तान शिखर धवनको अविजित ८६ रनप्रेरित भारतले श्रीलंका विरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विजयी सुरूवात गरेको छ। आइतबार कोलम्बोमा भएको खेलमा भारतले श्रीलंकलाई ७ विकेटले पराजित गरेको हो।

श्रीलंकाले दिएको २ सय ६३ रनको मध्यम लक्ष्य भारतले ८० बल अगावै मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो । भारतको जितमा धवनबाहेक इशान किशनले ५९ रन बनाउँदा पृथ्वी शा ४३ रनमा आउट भए ।

यसअघि कोलम्बोमा टस जितेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा २ सय ६२ रन बनाएको थियो । कप्तान डसुन शनकाले ३९ रन जोडे भने चरिथ असलंकाले ३८ रनको योगदान गरे। ओपनर अभिस्का फर्नान्डोले ३३ रन जोड्दा मिनोद भनुकाले २७ रन बटुले।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *