अर्जेन्टिनालाई कोपा जिताउने मेसिले ‘बालोन डे ओर’ जित्ने संम्भावना कति ?

फुटबल

काठमाडौं : विश्वभर फुटबल सिजन सकिएसँगै अब बालोन डे ओर अवार्ड कसले जित्ला भन्ने चासो सबैमा बढेको छ। केही दिनअघि मात्रै युरोकप र कोपा अमेरिका फुटबल प्रतियोगिता सकिएको छ । यी दुई प्रतियोगितापछि केही खेलाडीको नाम उक्त अवार्डका लागि दाबेदारको रुपमा अघि आएको छ । योकप इटली र कोपा अर्जेन्टिनाले जितेपछि यी टिमका खेलाडी मुख्य दाबेदार बनेका छन् ।

मेस्सीको हातमा पर्ला त अवार्ड ?

सर्वाधिक ६ पटक बालोन डे ओर अवार्ड विजेता हुन् अर्जेन्टिनाका कप्तान ३४ वर्षीय लियोनल मेस्सी। स्पानिस क्लब बार्सिलोनामा सम्झौता सकिएपछि फ्रि एजेन्टका रुपमा रहेका मेसीले पहिलो पटक अर्जेन्टिनाको लागि मुख्य उपाधि कोपा अमेरिका २०२१ जिताएका छन्।

कोपा अमेरिका नजितेको भए मेस्सी यस अवार्डका लागि मुख्य दाबेदारको रुपमा नरहन सक्थे। तर, अर्जेन्टिनालाई २८ वर्षपछि कोपा अमेरिका जिताउँदा मेस्सी उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता पनि बने। उनले कोपामा ४ गोल तथा ५ असिस्ट गरेका थिए ।

त्यसैले उनी यसपटक पनि बालोन डे ओर अवार्डका लागि दाबेदारको पहिलो सूचीमा रहेका छन्। मेस्सीले यसअघि सन् २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ को बालोन डे ओर अवार्ड लगातार हात पारेको थियो। गत सिजन बार्सिलोनाका लागि कोपा डेल रे जितेका मेसी ला लिगामा पनि सर्वाधिक गोलकर्ता बनेका थिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
5
+1
1
+1
2
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *