१५ तस्बिरमा हेर्नुस आजबाट सुरु नेपाली महिला टिमको बन्द प्रशिक्षण ( फोटो फिचर )

फुटबल फोटो

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टिमले सोमबारबाट एएफसी महिला एसियन कप छनोटका लागि बन्द प्रशिक्षण सोमबार शुरु भएको छ । नेपाली टोलीको प्रारम्भिक बन्द प्रशिक्षणमा ४५ खेलाडीलाई बोलाइएको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले गत बुधबार ४५ खेलाडीलाई बन्द प्रशिक्षणका बोलाएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

गत फागुनमा भएको राष्ट्रिय लिगमा गरेको प्रदर्शनका आधारमा बन्द प्रशिक्षणका खेलाडी छनोट गरिएको हो । फिलिप्सले बोलाएको ४५ जनाको सूचीमा सर्वाधिक गोलकर्ता तथा मुख्य फरवार्ड सावित्रा भण्डारी छैनन् । उनी कतारमा उपचाररत छिन् ।

एएफसी महिला एसियन कप २०२२ छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ। नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ रहेको छन्।

यस समूहको छनोट खेल नेपालमा हुनेछ। एएफसीले छनोटको प्रारम्भिक मिति २८ भदौ देखि ९ असोजलाई तोकेको छ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ।

बन्द प्रशिक्षणमा परेका खेलाडी

एन्जिला सुब्बा, उषा नाथ, सावित्री किसन, सपना राई, अञ्जना राना मगर, रेनुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत, गीता राना, अञ्जली योञ्जन, अनिता केसी, निशा थोकर, हिरा भुजेल, प्रिती राई, सिर्जना चेम्जोङ, रविना गोले, सुष्मा तामाङ,

कविता धिमाल, पुनम जर्जा मगर, विमला विक, दिपा राई, सुनिता चौधरी, सपना लामा, रश्मी घिसिङ, इन्द्र राई, शर्मिला थापा, विमला चौधरी, घिम कुमारी गुरुङ,

सिर्जना खड्का, अमृता जैसी, निर्मला विक, मनिषा राउत, निर्मला उपाध्यय, रेखा पौडेल, दिपा न्यौपाने, पुजा राना, सिवानी कुश्वर, अमिशा कार्की, कुशुम खतिवडा, चुम्लुङमा राई, सरस्वती हमाल, सिर्जना सिंह, सलोनी राना मगर, रजनी थोकर र सविता राणा

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *