आइपिएलको उद्घाटन खेलमा बैंगलोरको सुखद सुरुआत

आईपिएल क्रिकेट

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) १४ औं संस्करणमा रोयल च्यालेन्जर्स बेंगलोरले रोमाञ्चक विजयी सुरुवात गरेको छ । चेन्नइमा भएको उद्घाटन खेलमा बेंगलोरले साविक विजेता मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

१ सय ६० रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । बेंगलोरको जितमा उत्कृष्ट प्रदर्शन गरेका एवि डी भिलियर्स २७ बलमा ४ चौका र २ छक्का सहित ४८ रनमा रन आउट भए ।

बेंगलोरले स्पिनर वासिन्टन सुन्दर र विराट कोहलीका साथ खेलमा ओपनिङ गराएको थियो । तेस्रो विकेटका लागि विराट कोहली र ग्लेन म्याक्सवेलले ५२ रनको साझेदारी गर्दै इनिङलाई उकासेका थिए ।

मुम्बईले दोस्रो खेलमा १३ अप्रिलमा कोलकाता नाइट राइडर्ससँग खेल्ने छ । बेंगलोरले आफ्नो दोस्रो खेल १४ अप्रिलमा सनराइजर्स हैदराबादसँग खेल्ने छ ।आजको खेलमा चेन्नइ सुपरकिंग्स र दिल्ली क्यापिटल्सबीच स्थानीय समयअनुसार राती साढे आठ बजे प्रतिष्पर्धा हुँदैछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0