आयरल्याण्डविरूद्धको पहिलो टी–ट्वान्टीमा दक्षिण अफ्रिकाको जित

क्रिकेट

काठमाडौं, ५ साउन । घरेलु टोली आयरल्याण्डविरुद्धको टी-ट्वान्टी सिरिजमा पाहुना टोली दक्षिण अफ्रिकाले विजयी शुरूवात गरेको छ । डुब्लिनमा सोमबार भएको खेलमा दक्षिण अफ्रीकाले आयरल्याण्डलाई ३३ रनले पराजित गरेको हो ।

दक्षिण अफ्रिकाले दिएको १६६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले पूरा २० ‌ओभर खेल्दै ९ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो । आयरल्यान्डका लागि ह्यारी टेक्टरले ३६ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।

बेरी म्याककार्थी ३० तथा जोस लिटल १५ रनमा अविजित रहे । कप्तान एन्डी बलब्रिनेले २२ रन बनाए । दक्षिण अफ्रिकाका ताब्रेज सामीले ४ विकेट लिए । लुंगी एनजिडी र जर्ज लिन्डेले २/२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । एइडेन मार्करमले सर्वाधिक ३९ रन बनाएका थिए । त्यसैगरी डेभिड मिलरले २८, राशी भान डेर डुसेनले २५ र क्‍विन्टन डिककले २० रन बनाए । आयरल्यान्डका मार्क एडिअरले ३ तथा सिमि सिंह र जोस लिटलले २/२ विकेट लिए ।

जितसँगै तीन खेलको टी–ट्वेन्टी श्रृङ्खलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ । दोस्रो खेल बिहिबार हुनेछ । यसअघि भएको तीन खेलको एक दिवसीय श्रृङ्खला भने १–१ को बराबरीमा सकिएको थियो ।

            Baixar              Bytebaixar

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0