सन्दीपलाई पुन: भिषाकै समष्या, ‘दी हन्ड्रेड’को गुमाउन सक्ने

क्रिकेट

एजेन्सी। भिसा समस्याका कारण नेपालका स्पिनर सन्दीप लामिछानेले इङ्ल्यान्डमा २२ जुलाईबाट सुरु हुने पहिलो संस्करणको ‘द हन्ड्रेड’ लिगको पहिलो खेल गुमाउन सक्ने भएका छन्।

इङ्ल्यान्डमा सन्दीपको १० दिने क्वारेन्टिन आज सकिदैछ। यद्यपि उनी टाइर ५ भिसामा त्यहाँ पुगेका कारण यही अवस्थामा प्रतियोगितामा भने खेल्न पाउने छैनन् । टाइर ५ भिसामा आएका व्यक्तिलाई व्यावसायिक खेलकुद प्रतियोगितामा सहभागी गराउन नपाइने इंग्ल्यान्ड क्रिकेट बोर्डको नियममा उल्लेख छ । त्यसकारणओ सन्दीप अप्ठेरोमा परेका हुन् ।

सन्दीपलाई ओभल इन्भिन्सिबल्सले ६० हजार पाउण्डमा अनुबन्ध गरेको थियो। ओभलले पहिलो खेल म्यानचेस्टर ओरिजिनल्सविरुद्ध बिहीबार खेल्नेछ। पहिलो सन्दीप उपलब्ध नभएमा दक्षिण अफ्रिकाका ताबरेज शाम्सीलाई खेलाउने तयारी भएको जनाइएको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *