युवा मिडफिल्डर आयुष घलान थ्री स्टारमा अनुबन्धित

फुटबल

काठमाडौं। ‘ए’ डिभिजन टोली थ्री स्टार क्लबले युवा मिडफिल्डर आयुष घलानलाई अनुबन्ध गरेको छ। सम्झौतासँगै आयुषले आगामी ३ असोजबाट सुरु हुने लिग थ्री स्टारबाट खेल्नेछन्। घलानले थ्री स्टारसँग दुई वर्षको सम्झौता गरेका छन् । थ्री स्टारले आयुष अनुबन्धको रकम भने खुलाएको छैन।

नेपाल सुपर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडी हुन् आयुष घलान । सुपर लिग अघि घरेलु फुटबलमा विरलै नाम सुनिएका आयुषले एनएसएलमा उत्कृष्ट प्रदर्शन गर्दै प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको मन जिते । जसको कारण राष्ट्रिय टिमको पहिलो यात्रामै उनले डेब्युको अवसर पाए ।

आयुषले गत महिना कुवेतमा भएको फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को दोस्रो चरणको छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्ध मैदान उत्रदै राष्ट्रिय टिममा डेब्यु गरेका थिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *