महिला फुटबल टोलीलाई प्रशिक्षण दिन तीन सहायक प्रशिक्षक नियुक्त

फुटबल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई प्रशिक्षण दिन तीन सहायक प्रशिक्षक नियुक्त गरिएको छ ।

एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई प्रशिक्षण दिन अखिल नेपाल फुटबल संघ (एन्फा)ले भगवती रानामगर, अरुणा गुरुङ र चेतन घिमिरेलाई नियुक्त गरेको हो । उनीहरुलाई एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीसम्मको लागि नियुक्त गरिएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।

गोलकिपर प्रक्षिकको जिम्मेवारी भने प्रकाश वैद्यलाई दिइएको छ । बन्द प्रक्षिणका लागि ४५ खेलाडीलाई बोलाइएको छ । उनीहरुले सोमबारदेखि अभ्यास सुरु गरेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0