पाकिस्तानबिरुद्धको टि-२० शिरिज इङ्ल्याण्डको पोल्टामा

क्रिकेट

एजेन्सी । पाकिस्तान विरुद्धको ट्वेन्टी ट्वेन्टी अन्तराष्ट्रिय क्रिकेट श्रृंखला इंग्ल्याण्डले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा गएराति भ्रमणकारी टोली पाकिस्तानलाई ३ विकेटले हराउँदै इंग्ल्याण्डले श्रृंखला २–१ ले जितेको हो ।

म्यान्चेस्टरको ओल्ड ट्राफोर्डमा टस जितेर पहिले व्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो । उसका लागि मोहोमद रिजवानले अविजित ७६ रन जोडे ।

बलिङतर्फ पाकिस्तानका आदिल राशिदले ४ विकेट लिए । जवाफमा १ सय ५५ रनको लक्ष्य इंग्ल्याण्डले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पुरा ग¥यो । इंग्ल्याण्डको जितमा जेसन रोयको ६४ रन महत्वपूर्ण रह्यो । जितसँगै इंग्ल्याण्डले पाकिस्तान विरुद्धको एक दिवसिय तथा टि– ट्वेन्टी दुबै श्रृंखला जितेको छ ।

टि–ट्वेन्टी श्रृंखला २–१ ले जितेको इंग्ल्याण्डले एक दिवसिय श्रृंखला ३–० ले आफ्नो पक्षमा पारेको थियो । नियमित टोलीलाई कोरोना संक्रमण भएपछि पुरै नयाँ टोली उतारेको इंग्ल्याण्डले पाकिस्तानलाई श्रृंखलाभर दबाबमा राख्यो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0