किन ‘ए’ डिभिजन लिग खेल्ने क्बलले नै लिग रोक्न माग गरे ?

फुटबल

काठमाडौं । आसन्न ‘ए’ डिभिजन लिग फुटबल रोक्न माग गर्दै चार क्लबले ज्ञापन पत्र बुझाएका छन् । असोज ३ गतेका लागि तय भएको ‘ए’ डिभिजन लिग रोक्न माग गर्दै चार क्लबले अखिल नेपाल फुटबल संघ(एन्फा)लाई ज्ञापन पत्र बुझाएका हुन् ।

कोभिडको भयावह स्थितिका कारण लिग आयोजना गर्न कुनै हालतमा उपयुक्त नदेखिएको भन्दै चार क्लबले संक्रमण दरमा अत्याधिक कमी आएपछि मात्र लिग सञ्चालन गर्नुपर्ने बताएका छन् । ‘ए’ डिभिजन क्लबहरू जावलाखेल युथ क्लबका अध्यक्ष गहेन्द्र क्षेत्री, फ्रेन्ड्स क्लबका अध्यक्ष दिपक थापा, ब्रिगेट ब्वाइज क्लबका अध्यक्ष लालकुमार पुन र थ्री स्टार क्लबका महासचिव सञ्जिव सिल्पकारले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई भेटेर प्रतियोगिता रोक्न माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

गत असार १४ गते एन्फामा भएको ‘ए’ डिभिजन क्लबको बैठकले सहिद स्मारक लिग असोज ३ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको थियो । आसन्न लिगका लागि अधिकांश क्लबले खेलाडी अनुबन्धको कामलाई अन्तिम चरणमा पुर्याएका छन् । तर, चार क्लबले निर्धारित मितिमा लिग खेल्न नसकिने भन्दै एन्फालाई ज्ञापन पत्र बुझाएका हुन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0