‘द हन्ड्रेड’ खेल्न नपाउँदा दुखि छु’ : सन्दीप लामिछाने

क्रिकेट

द हन्ड्रेडमा पर्न नसकेकोमा म निकै दुःखी छु । म त्यतिबेला मेरो टिम ओभल इन्भिन्सिबल्समा राम्रो खेल्न गइरहेको थिएँ र मैले ईसीबीका अधिकारीहरुले दिएको सबै निर्देशन पनि पालना गरिरहेको थिएँ । संक्षेपमा भन्नुपर्दा मैले टायर फाइभ भिसाको लागि आवेदन दिँदा मलाई एउटा सर्टिफिकेट अफ स्पोन्सरसिप (सीओएस) को भाइटालटी ब्लास्ट र द हन्ड्रेडका लागि पर्याप्त हुने बताइएको थियो ।

कोरोना महामारीको कारण भिसा आउनमा ढिलाइ भयो र वोस्टरसायरले बाहिर निकाल्यो । तर, उसले पुनः मेरा अफिसियलहरुमार्फत मलाई सम्पर्क गर्‍यो र जुलाई १० मा म बेलायत आइपुग्न सके हुने बतायो । त्यसका लागि मलाई पनि कुनै समस्या थिएन किनकी मेरो सीओएस अझै सकिएको हुन्नथ्यो ।

म जुलाई ९ मा बेलायत आउँदासम्म कुनै समस्या थिएन । त्यसपछि मलाई सरकारी क्वारेन्टिन केन्द्रमा पठाइयो । जुलाई १८ मा मेरो क्वारेन्टिन अवधि सकिनुभन्दा दुई दिनअघि ईसीबीले मेरो भिसा सकिएको र जतिसक्दो छिटो मैले मुलुक छाड्नुपर्ने बतायो । मैले के गल्ती भएको छ भनेर सोधेँ तर मलाई ईसीबीका कसैले पनि स्पष्ट जवाफ दिएनन् । मलाई थाहा थियो कि विवाद बढ्दै गए त्यसले ठूलो रुप लिन सक्थ्यो । तर कम्तीमा मेरो वैध भिसा जुनसुकै स्थानमा किन वैध हुँदैन भन्ने प्रश्नको उत्तर जान्ने हक मलाई थियो ।

मैले यो प्रतियोगिता खेल्नको लागि धेरै कुराहरु गुमाएको थिएँ र मैले त्यहाँका सबै टोलीको लागि राम्रो होस् भन्ने प्रार्थना र चाहना राखेको थिएँ । मैले सधैं बेलायतका मानिसहरुबाट माया पाउँदै आएको छु र म ईसीबीलाई यो विषयमा ध्यान दिन आग्रह गर्न चाहन्छु ताकि अरु कसैले यस्तो झेल्नु नपरोस् । मलाई यो प्रतियोगिता खेलेको हेर्न चाहने मानिसहरुका लागि कस्तो लाग्यो होला भन्ने पनि म महसुस गर्न सक्छु । (आशा गरौं) आगामी दिन सुखद् हुनेछन् ।

सन्दीपले लेखेको फेसबुक स्टाटसको नेपाली रुपान्तरण ।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0