टोकियो ओलम्पिक रद्द हुनसक्ने

टोकियो ओलम्पिक समाचार

एजेन्सी । टोक्यो ओलम्पिक आयोजक समितिले खेल रद्द हुनसक्ने संकेत गरेको छ । प्रतियोगिता सुरुवात हुन अब मात्र दुईदिन बाँकी छ। तर प्रतियोगिताको आयोजकले बुधबारको पत्रकार सम्मेलनमा यसपटक पनि खेल रद्द हुनसक्ने बताएका छन्।

शुक्रबार हुने उद्घाटन समारोह अघि हालसम्म ओलम्पिकसँग सम्बन्धित ७० जनाभन्दा बढीलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का सभापति थोमस ब्याचले प्रतियोगितालाई रद्द गर्नु ‘कहिले पनि विकल्प’ नभएको बताएकै दिन मुटोले यस्तो कुरा बताएका हुन् ।

ओलम्पिक गर्ने भएपछि जापानको टोक्योमा अहिले संकटकाल लगाइएको छ । त्यहाँ कोभिड संक्रमितको संख्या बढ्न नदिन अधिकांश स्थानमा धेरै मानिस जम्मा हुन रोक लगाइएको बीबीसीले जनाएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *