सन् २०३२ को ओलम्पिक अस्ट्रेलियाको ब्रिसबेनमा हुने

समाचार

काठमाडौं । सन् २०३२ को ओलम्पिक र पारालम्पिक गेम अस्ट्रेलियाको ब्रिसबेन सहरमा हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका सदस्यहरुले बहुमतसहित ब्रिसबेनलाई आयोजक चुनेका हुन्।

ब्रिसबेन ओलम्पिक खेलकुद आयोजना गर्ने तेस्रो अस्ट्रेलियन शहर हुने छ। यसअघि सन् १९५८ मा मेलबर्न र सन् २००० को ओलम्पिक सिड्नीमा आयोजना भएको थियो ।

ब्रिसबेनमा ओलम्पिक गर्नका लागि २३ जुलाईदेखि ८ अगष्ट र पाराओलम्पिक गर्नका लािग २४ अगष्टदेखि ५ सेप्टेम्बरसम्मको मिति प्रस्ताव गरिएको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0