सन्दीपको ठाउँमा सम्सीले ‘द हन्ड्रेड’ क्रिकेट खेल्ने

क्रिकेट

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता गुमाएपछि उनको ठाउमा हाल टी-२० क्रिकेटको वरियतामा पहिलो स्थानमा रहेका दक्षिण अफ्रिकाका बलर टावरैज शाम्सी खेल्ने भएका छन् । ओभल इन्भिन्सिबल्सले सन्दीपको ठाउमा शाम्सीलाई अनुबन्ध गरेको हो ।

भिसा समस्याको कारण सन्दीपले द हन्ड्रेड खेल्न नपाएपछि इन्भिन्सिबलले शम्सीलाई भित्र्याएको हो । सन्दीपले टिएर ५ भिसा पाएपनि प्रतियोगिता खेल्नको लागि अनुमति नपाएका हुन् ।

इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले पहिलो पटक आयोजना गरेको द हन्ड्रेड प्रतियोगितामा सन्दीपलाई ओभल इन्भिन्सिबल्सले ६० हजार पाउण्डमा अनुबन्ध गरेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
1