स्वर्णको दाबेदार अमेरिका स्विडेनसँग स्तब्ध

टोकियो ओलम्पिक फुटबल

काठमाडौं : टोकियो ओलम्पिकको महिला फुटबलमा स्विडेनले स्वर्णको दाबेदार अमेरिकालाई स्तब्ध पारेको छ । टोकियो ओलम्पिकअन्तर्गत बुधबारदेखि शुरु भएको महिला फुटबलमा अमेरिका स्वीडेनसँग ३-० ले पराजित भएको हो ।

स्विडेनलाई पहिलो खेलमा नै जित दिलाउन स्टिना ब्लाकस्टेन्सले २ र लिना हुर्टिङले एक गोल गरिन् । २५ औं मिनेटमा पहिलो गोल गरेकी स्टिनाले ५५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । ७२ औं मिनेटमा लिनाले गोल गरेपछि स्विडेन ३ अंक बटुल्न सफल भयो ।

सन् २०१९ मा विश्वकप जितेको अमेरिका त्यसयता पहिलो पटक पराजित भएको हो । २०१६ को रियो ओलम्पिकमा पनि अमेरिका स्वीडेनसँग क्वाटरफाइनलमा पराजित हुँदै बाहिरिएको थियो । समूह जी अन्तर्गत पहिलो खेलमै स्वीडेनसँग निरीह बनेपछि अमेरिकाको स्वर्ण दाबेदारीमा धक्का लागेको छ । दोस्रो खेलमा स्विडेनले अष्ट्रेलिया र अमेरिकाले न्युजिल्याण्डसँग जुलाई २४ मा खेल्नेछन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0