जामिबयापोस्टमा नेदरल्याण्ड्सको १० गोल

टोकियो ओलम्पिक फुटबल

काठमाडौं : टोकियो ओलम्पिकको महिला फुटबलमा समूह एफ अन्तर्गत नेदरल्याण्ड्सले जामिबयालाई १०-३ को फराकिलो अन्तरले पराजित गरेको छ । मियागी स्टेडियममा भएको खेलमा डचका लागि भिभिएमे मिएडेमाले ह्याट्रिकसहित चार गोल गरिन् ।

यस्तै लिएके मर्टेन्सले २ तथा भान डे सानडेन, लिल रुड, लिनेथ बेरेनस्टेन र भिक्टोरिया पोभलाले १-१ गोल गरिन् । नेदरल्याण्ड्सले ओलम्पिक डेब्युमै सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान समेत बनाएको छ ।

जाम्बियाका लागि कप्तान बारब्रा बान्डाले ह्याट्रिक गरिन् । बुधबार नै भएका अन्य खेलमा बेलायतले चिलीलाई २–० ले र ब्राजिलले चीनलाई ५–० ले पराजित गरे ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0