मैत्रीपूर्ण खेलमा बार्सिलोनाको फराकिलो जित

फुटबल

एजेन्सी । प्रि–सिजन तयारी अन्तर्गतको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ । बुधबार राति सम्पन्न खेलमा बार्सिलोनाले तेस्रो डिभिजन क्लब जिम्नास्टिकमाथि ४–० गोल अन्तरको जित निकालेको हो । बार्सिलोनाको जितमा रे मानाजले ह्याट्रिक पूरा गरे भने एलेक्स कोलाडोको नाममा एक गोल रह्यो ।

१० खेलाडीमा सिमित जिम्नास्टिकविरुद्ध बार्सिलोनाले पहिलो हाफमा गोलरहित बराबरी खेलेको थियो । तर, दोस्रो हाफमा परिवर्तित खेलाडी मानाज चम्किदा बार्सिलोनाले फराकिलो जित निकाल्यो । ६० औं मिनेटमा मानाजले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए ।

खेलको ८५ औं मिनेटमा एलेक्सले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । त्यस्तै ८६ औं मिनेटमा मानाजले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–० को अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा मानाजले ह्याट्रिक पूरा गर्दै बार्सिलोनालाई ४–० को जित दिलाए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0