‘द हन्ड्रेड’ नखेली स्वदेश फर्किए सन्दीप

क्रिकेट

काठमाडौं : द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लागि इंग्ल्यान्ड गएका नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने स्वदेश फर्किएका छन्। उनी बिहीबार दिउँसो नेपाल आइपुगेका हुन् ।

भिसा समस्याको कारण प्रतियोगिता नखेली सन्दीप स्वदेश फर्किएका हुन् । सन्दीप ओभल इन्भिन्सिबलमा आबद्ध रहेका थिए । तर, सन्दीपले टिएर ५ भिसा पाए पनि प्रतियोगिता खेल्नको लागि अनुमति नपाएका हुन्।

इन्भिन्सिबलले सन्दीपको स्थानमा ताबरेज शम्सीलाई टिममा अनुबन्ध गरिसकेको छ। भिसाकै कारण सन्दीपले यस अघि भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट गुमाएका थिए। त्यस प्रतियोगिताका लागि सन्दीप वोर्सेस्टरशायर र्यापिड्समा अनुबन्धित भएका थिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *