रियल मड्रिडमा रामोसको ४ नम्बर जर्सी अलबाले लगाउने

फुटबल

एजेन्सी । डिफेन्डर डेभिड अलबाले रियल मड्रिडमा ४ नम्बरको जर्सी लगाउने भएका छन् । रियलले बुधबार डिफेन्डर अलबालाई सार्वजनिक गर्दै उनलाई ४ नम्बरको जर्सी दिएको हो ।

यस अघि रियलमा ४ नम्बरको जर्सी सर्जियो रामोसले लगाउँदै आएका थिए । रामोस अहिले फ्रेन्च क्लब पीएसजीमा अनुबन्धित भईसकेका छन् ।

२८ वर्षीय डिफेन्डरले रियलसँग पाँच वर्षको सम्झौता गरेका छन् । अलबा सन् २०२६ सम्म रियलमा रहने छन् । अलबाले बायर्नबाट ४ सय ३१ खेलमा ३३ गोल गरेका छन् भने १० बुन्डेसलिगा र २ च्याम्पियन्स लिग जितेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged