जर्मनीमाथि ब्राजिलको शानदार जित, रिचार्लीसनले गरे ह्याट्रिक

टोकियो ओलम्पिक फुटबल

काठमाडौं : टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा ब्राजिलको यू २३ टिमले जर्मनीको यू २३ टिमलाई पराजित गरेको छ। योकोहामा स्थित निसान स्टेडियममा बिहीबार सम्पन्न खेलमा ब्राजिलले १० खेलाडीमा सिमित जर्मनीलाई ४-२ गोल अन्तरले पराजित गरेको हो।

ब्राजिलको जितमा रिचार्लीसनले ह्याट्रिक गरे। यस्तै, पाउलिन्होले एक गोल गरे।जर्मनीका नाडीम अमिरी र राग्नर एगले एकरएक गोल फर्काएपनि प्रयाप्त बन्न सकेन।

रिचार्लीसनले खेलको ६, २१ र २९औं मिनेटमा गोल गरेका थिए। यस्तै, पाउलिन्होले ९०औं मिनेटमा गोल गरेका थिए। यता, जर्मनीका अमिरीले खेलको ५६ र एगले ८३औं मिनेटमा गोल गरेपनि जित दिलाएका थिए।

जितसँगै समूह ‘डी’ को ब्राजिलले पहिलो खेलमा ३ अंक जोडेको छ। जर्मनीले भने हारबाट ओलम्पिकमा सुरुवात गरेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0