पारस खड्का भन्छन् : ‘नेपाली क्रिकेटबाट वर्षौदेखि लाभ लिइरहेका आमिर अख्तरले मेरो बदनाम गरे’

क्रिकेट

राष्ट्रिय क्रिकेट टिमको दशकौंको कडा मेहनत र अथक प्रयासले नेपाली क्रिकेट आज यो अवस्थामा आइपुगेको छ । यो यात्रा उतारचढावपूर्ण रहेको सबैमा सर्वविदितै छ। राष्ट्रलाई प्रतिनिधित्व गर्ने क्रममा मेरो प्रदर्शनमाथि प्रश्न उठे होलान्, जुन स्वभाविक हो। मैले सरल र सहज रूपमा ती प्रश्नलाई ह्रदयबाट आत्मसाथ गरेको छु।

तर, आजसम्म मेरो नियत र इमानदारीतामाथि कसैले प्रश्न गरेको थिएन। नेपाली क्रिकेटबाट वर्षौदेखि लाभ लिइरहेका एक व्यक्तिले कपोलकल्पित र नियोजित ढंगबाट ‘गलत भएको हुन सक्ने’ भन्दै मेरो, राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल र क्यानका बोर्ड सदस्य छुम्बी लामाको नियत र इमानदारीतामा प्रश्न गरी प्रकाशित गरेको समाचारले मलाई अत्यन्तै दु:खी बनाएको छ। यो समाचारको म खण्डन गर्दछु र कुनै प्रमाणविना लगाएको यो गलत आरोप केवल बदनाम गराउने प्रयत्न मात्र हो ।

यसलाई यही अर्थमा बुझिदिनु हुन सम्पूर्ण क्रिकेट प्रेमी नेपालीमा आग्रह गर्दछु । यस्ता कपोलकल्पित र भ्रामक आरोपबाट म कति पनि विचलित हुने छैन । आगामी दिनमा अझ नेपाली क्रिकेटको विकास र विस्तारको लागि जस्तो सुकै मूल्य चुकाउन पनि तयार छु। धन्यवाद ।

पारस खड्काले फेसबकमा लेखेको स्टाटस

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged