खेलकुदको कुम्भमेला टोकियो ओलम्पिकको औपचारिक उद्घाटन आज

टोकियो ओलम्पिक समाचार

काठमाडौं : जापानको राजधानी टोकियोमा आजबाट ३२औँ गृष्मकालीन ओलम्पिक सुरु हुँदैछ । टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमका बीच ‘टोकियो ओलम्पिक’ औपचारिक रुपमा शुरु हुनेछ ।

ओलम्पिक स्टेडियममा हुने उद्घाटन समारोह नेपाली समय अनुसार अपरान्ह ४:४५ बजे शुरु हुनेछ। उद्घाटन समारोहमा खेलाडीको मार्च पाससहित विभिन्न कार्यक्रमहरू हुनेछ।

केही खेलको प्रतिस्पर्धा भने बुधबारबाट शुरु भईसकेको छ । विश्व खेलकुदको कुम्भमेला मानिने गृष्मकालीन ओलम्पिकको यो संस्करण निर्धारित मितिभन्दा एक वर्ष ढिलो हुन लागेको हो ।

ओलम्पिकमा नेपाललले एथ्लेटिक्स, सुटिङ, जुडो र पाौडी खेलमा सहभागिता जनाउँदैछ । एथ्लेटिक्समा सरस्वती चौधरी, सुटिङमा कल्पना परियार, जुडोमा सोनिया भट्ट र पौडीमा गौरिका सिंह र एलेक्स शाहले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । उद्घाटन समारोहमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिहंले बोक्नेछिन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0