जेडन सान्चो बने दोस्रो महंगो खेलाडी, सात करोड ३० लाख पाउन्डमा युनाइटेडमा अनुबन्ध

फुटबल

काठमाडौं : इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले युवा विंगर जेडन सान्चोलाई अनुबन्धित गरेको छ । सान्चोलाई म्यानचेस्टर युनाइटेडले जर्मन बुन्डेसलिगा क्लब बोरुसिया डर्टमण्डबाट सात करोड ३० लाख पाउन्डमा भित्राएको हो।

यससँगै ह्यारी म्यागुएरपछि २१ वर्षे सान्चो क्लबको दोस्रो महंगो खेलाडी बनेका छन्। युनाइटेडले म्यागुयरलाई आठ करोड पाउन्डमा भित्राएको छ। सान्चोले युनाइटेडसँग पाँच वर्षे लामो सम्झौता गरेका छन् । स्थान्तरणका लागि आवश्यक स्वास्थ्य जाँच भने उनले गएको महिना नै गरिसकेका थिए ।

सान्चोले डर्टमण्डका लागि १ सय ३७ खेलमा ५० गोल गरेका छन्। उनले ५७ असिस्ट समेत गरेका छन्। सान्चो २०१५ मा म्यानचेस्टर सिटीको एकेडेमीमा आबद्द भएका थिए। दुई वर्ष सिटीको एकेडेमीमा बसेर उनी २०१७ मा डर्टमण्ड पुगेका थिए। सान्चोले इङ्ल्यान्डका लागि २२ खेलमा ३ गोल गरिसकेका छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0