१२ वर्षीय हेन्ड जाजा टोकियो ओलम्पिककी सबैभन्दा कान्छी खेलाडी

टोकियो ओलम्पिक समाचार

काठमाडौं : टोकियो ओलम्पिकमा यसपटक सिरियाकी १२ वर्षीया हेन्ड जाजा ओलम्पिकमा डेब्यु गर्दै छिन् । उनी टोकियो ओलम्पिककी सबैभन्दा कम उमेरकी खेलाडी हुन् । टेबुल टेनिसको एशियाली छनोट चरणमा ४२ वर्षकी मारिआना शाहाकियनलाई हराएर उनले फेब्रुअरी २०२० मा ओलम्पिकका लागि स्थान पक्का गरेकी हुन् ।

शनिबार टोकियो ओलम्पिकमा जाजाले आफ्नो पहिलो खेल अष्ट्रियाकी लिउ जियासँग प्रतिस्पर्धा गर्दै छिन् । शनिबार ओलम्पिकमा डेब्यु गरेसँगै उनी ओलम्पिक खेल्ने सन् १९६८ यताकै सबैभन्दा कम उमेरकी खेलाडी हुने छिन् ।

सिरियामा बढ्दो द्वन्द्व र संकटकालकाबीच पनि जाजाले विश्व टेनिसमा आफ्नो नामलाई उचाइमा पुर्‍याउन सफल भइन् । अब उनको लक्ष्य टोकियो ओलम्पिक हो । ‘यो मेरो देश, परिवार तथा सम्पूर्ण साथीहरूका लागि उपहार हो’, जाजले भनिन् ।

जादाले आफ्नो अध्ययन पनि छाडेकी छैनन् । उनी गणितकी राम्रो विद्यार्थी हुन् । उनी चर्चित उपन्यास ह्यारी पोटरका मुख्य पात्र ह्यारी पोटरकी फ्यान हुन् । टोकियो ओलम्पिकमा मेडल जित्नु नै उनको अहिलेको लक्ष्य हो र यसका लागि कडा मेहनत गरिरहेकी छिन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged