टोकियो ओलम्पिक : स्वर्णको दाबेदार ब्राजिल बराबरीमा रोकियो

टोकियो ओलम्पिक फुटबल

एजेन्सी। टोकियो ओलम्पिकमा स्वर्ण पदकको दाबेदार ब्राजिल महिला फुटबलमा नेदरल्यान्ड्ससँग ३-३ को बराबरी रोकिएको छ । खेलमा ब्राजिलकी डेविन्हा, कप्तान मार्टा र लुडमिला डा सिल्भाले गोल गरे।

नेदरल्यान्ड्सकी भिभिएनी मिडेमाले दुई तथा डोमिनिक ब्लडवर्थले एक गोल गरिन्। बराबरीपछि समान ४ अंक जोडेका नेदरल्यान्ड्स शीर्ष र ब्राजिल दोस्रो स्थानमा रहेको छन् । समान १ अंक जोडेको चीन तेस्रो र जाम्विया पुछारमा छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0