बार्सिलोनाको टिमबाट मेसिको नाम हटाईयो

फुटबल

एजेन्सी। भर्खरै अर्जेन्टिनालाई कोपा अमेरिका जिताउन महत्वपुर्ण भुमिका खेलेका लियोनल मेसीको नाम स्पेनिस ला लिगाको आधिकारिक वेबसाईटले बार्सिलोनाको टिमबाट हटाएको छ। जुनको अन्तिममा बार्सिलोनासँग मेसीको सम्झौता सकिएको थियो।

तलब कटौती गरेर मेसी बार्सिलोनासँगको सम्झौता नवीकरण गर्न राजी भएको भनिए पनि अझै औपचारिकता पाएको छैन। त्यसकारण ला लिगाले ३४ वर्षीय मेसीको नाम बार्सिलोनाको टिमबाट हटाएको हो। अर्जेन्टिनाबाट कोपा अमेरिकाको उपाधि जितेका मेसी अहिले बिदामा छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
3
+1
2
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *