इजरायलबिरुद्ध नखेल्ने बताउँदै अल्जेरियन जुडो खेलाडी फेथी नोउरीनले नाम फिर्ता लिए

समाचार

काठमाडौँ । अल्जेरियन जुडो खेलाडी फेथी नोउरीनले इजरायली खेलाडीसँग खेल्ने पर्ने भएपछि ओलम्पिकबाटै आफ्नो नाम फिर्ता लिएका छन् । फेथीले इजरायल नियम नभएको र आफ्नो झण्डा नभएको देश भएको आरोप लगाउदै इजरायलविरुद्ध आफु नखेल्ने बताएका छन् ।

अल्जेरियाले इजरायललाई आधिकारिक रुपमा अहिलेसम्म मान्यता दिएको छैन । यो बिवाद अब ओलम्पिकसम्म पुगेको छ । फेथीले आफ्नो नाम फिर्ता लिएपछि अन्तर्राष्ट्रिय जुडो फेडेरेशनले शनिबार उनी र उनका प्रशिक्षक अमिर बेनिखलेफलाई अस्थायीरुपमा सस्पेन्ड गरेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0