डच क्लब आयाक्ससँग बराबरीमा रोकियो बायर्न म्युनिख

फुटबल

काठमाडौं । प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण फुटबल खेलमा जर्मन क्लब बायर्न म्युनिख र डच क्लब आयाक्सले बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा बायर्नले आयाक्ससँग २-२ गोलको बराबरी खेलेको हो ।

खेलको दशौँ मिनेटमा जाकारिया लाब्याडले गोल गर्दै आयाक्सलाई अग्रता दिलाएका थिए । ४०औँ मिनेटमा एरिक म्याक्सिमले गोल गर्दै बायर्नलाई १-१ गोलको बराबरीमा फर्काए ।

४८औँ मिनेटमा तान्गुए नियान्जोले गोल गर्दै बायर्नलाई २-१ को अग्रता दिलाए पनि ५०औँ मिनेटमा भिक्टर जेन्सेनले गोल गर्दै आयाक्सलाई २-२ गोलको बराबरीमा ल्याए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged