माउरिसियो पोचेट्टिनो नै पीएसजीको मुख्य प्रशिक्षक हुने पक्का

फुटबल

काठमाडौँ । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का मुख्य प्रशिक्षक मौरिसियो पोचेटिनोले क्लबसँगको सम्झौता ३० जुन २०२३ सम्मका लागि नवीकरण गरेका छन् ।

पोचेटिनो थोमस टुचेलको स्थानमा सन् २०२१ को जनवरीमा पिएसजीका मुख्य प्रशिक्षक बनेका थिए । उनी पुनः इङ्ल्यान्ड फर्किने चर्चा भइरहँदा पीएसजीसँग सम्झौता नवीकरण गरेका छन्।

पोचेटिनोको प्रशिक्षणमा इंग्लिस क्लब म्याचेस्टर सिटीसँग पराजित हुँदै पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलबाटै बाहिरिएको थियो ।

टोटेनह्यम पूर्व प्रशिक्षक पोचेट्टिनो पीएसजीको पूर्व खेलाडीसमेत हुन्। उनले २००१ देखि २००३ सम्म पीएसजीबाट खेलेका थिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged