दोस्रो एक दिवसीयमा अस्ट्रेलियाको हार

क्रिकेट

काठमाडौँ । अस्ट्रेलियाविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा घरेलु टोली वेस्ट इन्डिज विजयी भएको छ । आइतबार बिहान भएको खेलमा वेष्ट इन्डिज ४ विकेटले विजयी भएको हो ।

१ सय ८८ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ३८ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । उसका लागि निकोलस पुरन र जेसन होल्डरले अर्धशतकीय पारी खेले। ​ अस्ट्रेलियाका मिचेल स्ट्रार्कले ३ तथा एडम जाम्पाले २ विकेट लिए ।

यसअघि ब्रिजटाउनमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले अस्ट्रेलियाले ४७ ओभर १ बलमा अलआउट हुँदै १ सय ८७ रन बनाएको थियो । वेस्ट इन्डिजका एल्जरी जोसेप र अकिल हुसेनले तीन/तीन तथा सेल्ड्रोन कोट्रेलले २ विकेट लिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2