फुटबल टिमको प्रशिक्षकबाट अलमुताइरीले दिए राजीनामा

फुटबल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा घोषणा गरेका छन् । उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको बताएका छन् ।

‘प्रिय नेपाली समर्थकहरू … म एन्फाबाट राजीनामा गर्न गइरहेको छु र एन्फाका वरिष्ठ उपाध्यक्षका कारण राजीनामा गर्न गइरहेको छु । पछिल्ला तीन साता हरेक दिन उनले मसँग नाटक गरे । मलाई आशा छ, अब तपाई, पङ्कज नेम्वाङले खुसी महसुस गर्नु हुनेछ ।’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

कुबेती प्रो–लाइसेन्स प्राप्त अलमुताइरी गत २०७७ सालको चैत महिनामा नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
8
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *