एन्फा उपाध्यक्ष पंकज नेम्बाङ भन्छन् : अल्मुताइरीसँग मेरो कुरै भाको छैन, मरो कारणले कसरी राजिनामा दिन्छन् ?

Uncategorized

काठमाडौं । कतार फुटबल संघको सहयोगमा गत चैतमा उनले राष्ट्रिय टोलीको प्रशिक्षक पदक सम्हालेका अब्दुल्लाह अल्मुताइरीले आईतबार राजिनामा दिएपछि सबै फुटबल प्रेमी चकित भएका थिए । साफ च्याम्पियन्सिपको तयारीका क्रममा राष्ट्रिय टोलीलाई प्रशिक्षण दिइरहेका अलमुताइरीले सामाजिक संजालमार्फत आफुले राजीनामा दिने बताएका थिए ।

अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण राजीनामा दिन लागेको उल्लेख गरेका छन् । नेम्वाङले पछिल्लो तीन सातादेखि आफ्नो लागि समस्या उत्पन्न गराएको भन्दै राजीनामा दिन लागेको अलमुताइरीको आरोप छ ।

यसैबिच अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले आफ्नो कारणले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएको कुरा सुन्दा आश्चर्य लागेको बताएका छन् । उनले अलमुताइरीसँग आफ्नो प्रत्यक्ष रूपमा भेट पनि नभएको बताए ।

पत्रकारहरुसँग कुराकानी गर्दै उनले आफूले म्यासेन्जरबाट मात्र कुरा गरेको र उनलाई काममा बाधा उत्पन्न हुने खालको कुनै कुरा नगरेको जिकिर गरे । “मैले प्रशिक्षक अलमुताइरीसँग प्रत्यक्ष भेट गरेको पनि छैन । उनलाई मैले कामको कुरामा कुनै बाधा पुर्‍याएको छैन । मेरै कारण उनले राजीनामा दिएको सुन्दा आश्चर्य लागेको छ,” नेम्वाङले भने ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged