स्कटल्याण्डको रेन्जर्ससँग रियाल मड्रिड पराजित

फुटबल

एजेन्सी । स्पेनिस क्लब रियाल मड्रिडले प्रि–सिजनको मैत्रीपुर्ण खेलमा स्कटल्याण्डको रेन्जर्ससँग २–१ को हार बेहोरेको हो । स्कटल्याण्डको ग्लास्गोमा गएराति भएको खेलमा रेन्जर्सलाई विजयी गराउन फेसन शाकाला र सेड्रीक इट्टेनले एक एक गोल गरे । खेलमा पहिलो गोल भने रियालका रोड्रिगोले गरेका थिए ।

पहिलो रोजाईका खेलाडीहरु छुट्टीमै रहेका कारण रियालले स्टेभेन जेरार्डको रेन्जर्सविरुद्ध अधिकांश युवा खेलाडीलाई मौका दिएको थियो । अब रियालले अर्काे मैत्रीपुर्ण खेल इटालियन क्लब एसी मिलानसँग अगस्ट ८ तारिखमा खेल्दैछ ।

नयाँ सिजनको स्पेनिस लिग फुटबल ला–लिगाको पहिलो खेलमा रियाल मड्रिडले अगस्ट १५ मा आलाभेससँग खेल्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0