टोकियो ओलम्पिकको पुरुष फुटबलतर्फ अर्जेन्टिनाको पहिलो जित

टोकियो ओलम्पिक फुटबल

काठमाडौं । टोकियो ओलम्पिकको पुरुष फुटबलतर्फ फ्रान्स र अर्जेन्टिनाले पहिलो जित हात पारेका छन् । समुह ‘ए’ को खेलमा फ्रान्सले दक्षिण अफ्रिकालाई ४–३ ले हराउँदा जापानले मेक्सिकोमाथि २–१ को जित निकाल्यो ।

यसैगरी समुह ‘बी’ को खेलमा दक्षिण कोरियाले रोमानियालाई ४–० ले पराजित गर्दा होण्डुरसले न्युजिल्याण्डमाथि ३–२ को जित निकल्यो । समुह ‘सी’ का खेलहरुमा स्पेनले अष्ट्रेलिया तथा अर्जेन्टिनाले इजिप्टलाई १–० ले हराए ।

यसैगरी समुह ‘डी’ का खेलहरुमा जर्मनीले साउदी अरबीयालाई ३–२ ले पाखा लगाउँदा ब्राजिलले आइभोरी कोष्टसँग गोलरहित बराबरीमा चित्त बुझाउनुपर्‍यो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
2
+1
0
+1
0