पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले काठमाडौं किंग्स एलेभेनबाट ईपीएल खेल्ने

क्रिकेट

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले पनि खेल्ने भएका छन्। आगामी असोजमा हुने ईपीएलमा भेट्रान अलराउण्डर अफ्रिदीले काठमाडौं किंग्स एलेभेनबाट खेल्ने भएका हुन्।

काठमाण्डौ किङ्ग्स–११ ले आज सोमवार काठमाण्डौमा एक कार्यक्रमका बीच पाकिस्तानका भेट्रान खेलाडी अफ्रिदीले आफ्नो टिमबाट ईपीएल खेल्ने जानकारी गराएको हो । पाकिस्तानका पूर्व कप्तान समेत रहेका ४१ वर्षीय अफ्रिदीले पाकिस्तानका लागि २७ टेस्ट, ३९८ एक दिवसीय र ९९ टि–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

चौथो संस्करणको ईपीएल आउँदो सेप्टेम्बर २५ देखि अक्टोबर ९ तारिखसम्म हुनेछ । प्रतियोगितामा काठमाण्डौसहित ६ फ्रेन्चाइज टोली काठमाडौँ सहित ललिलपुर प्याट्रियट्स, भैरहवा ग्याडियटर्स, विराटनगर वारियर्स, पोखरा राइनोज र चितवन टाइगर्सले प्रतिस्पर्धा गर्नेछन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged

Leave a Reply

Your email address will not be published. Required fields are marked *