बार्सिलोनालाई २–१ ले हराउँदै रियल शीर्ष स्थानमा

फुटबल

एजेन्सी । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले बार्सिलोनालाई २–१ ले हराएको छ । आफ्नै मैदानमा गएराति भएको ‘एल क्लासिको’ जित्दै रियाल मड्रिड ला लिगा अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

लिगमा ३० खेलबाट रियालको ६६ अंक भएको छ भने एक खेल कम खेलेको एथ्लेटिको मड्रिड समान ६६ अंकका साथ दोस्रो स्थानमा झरेको छ ।

६५ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा छ । गएराति बार्सिलोना विरुद्धको कठिन खेलमा रियाल मड्रिडका करिम बेन्जमा र टोनि क्रुशले एक एक गोल गरे ।

पराजित टोली बार्साका ओस्कर मिन्गुएजाले एक गोल फर्काए । खेलको अन्तिम मनिेटमा रियालका कासेमिरो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोली १० जनामा समेटियो ।

ला लिगाकै अन्य खेलहरुमा लेभान्तेले आइबार तथा काडिजले गेटाफेलाई १–० ले हराएका छन् । एथ्लेटिक बिल्बाओ र डेपोर्टीभो आलाभेजले गोलरहित बराबरी खेलेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0