साफ च्यापियनसिप आयोजना गर्न नेपाललाई औपचारिक प्रस्ताव

फुटबल

काठमाडौं । दक्षिण एशियाली फुटबल महासङ्घले १३ औं संस्करणको साफ च्याम्पियनसिप आयोजना गर्न नेपाललाई औपचारिक प्रस्ताव गरेको छ । साफबाट आइतबार प्रतियोगिता आयोजनाका लागि औपचारिक प्रस्ताव आएको अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको छ ।

नेपालमा आगामी अक्टोबरमा १३औँ संस्करणको साफ च्याम्पियनशिप गर्न दक्षिण एसियाली फुटबल महासंघ साफका महासचिव अनवारुल हकले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै नेपाललाई साफ आयोजना गर्नका लागि औपचारिक प्रस्ताव गरेको एन्फाले जनाएको छ ।

बङ्गलादेशमा आयोजना गर्न तय भएको साफ च्याम्पियनशिप कोरोना महामारीका कारण हुन सकेको थिएन । बङ्गलादेशले प्रतियोगिता आयोजना गर्नबाट हात झिकेपछि नेपालले इच्छा देखाएको हो । नेपालले यसअघि सन् १९९७ तथा सन् २०१३ मा साफ च्याम्पियनशिप आयोजना गरिसकेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *