जापानकी १३ वर्षकी खेलाडीले ओलम्पिकमा स्वर्ण पदक जितेर इतिहास बनाइन्

टोकियो ओलम्पिक समाचार

काठमाडौं, साउन ११ : टोकियो ओलम्पिकमा जापानकी १३ वर्षीया मोमिजी निशियाले स्वर्ण जित्दै नयाँ इतिहास बनाएकी छिन् । उनले महिला स्ट्रिट स्केट बोर्डिङमा स्वर्ण जितेकी हुन् । उनी ओलम्पिकको इतिहासमा सबैभन्दा कम उमेरमा स्वर्ण पदक जित्ने खेलाडीहरुको सूचीमा सामेल भएकी छिन् ।

स्केटबोर्डमा १३ वर्षकै उमेरमा स्वर्ण जित्ने मोमीजी पहिलो खेलाडी हुन् । ओलम्पिकमा सबैभन्दा कम उमेरमा स्वर्ण जित्ने कीर्तिमान भने अमेरिकाकी मार्जोरी गेस्ट्रिङको नाममा रहेको छ । उनले १९३६ को बर्लिन औलम्पिकमा १३ वर्ष २६७ दिनको उमेरमा डाइभिङमा स्वर्ण जितेकी थिइन्। मोमीजीले भने १३ वर्ष ३३० दिनको उमेरमा स्वर्ण चुमेकी हुन् ।


यस प्रतिस्पर्धामा ब्राजिलकी रेस्सा लिलले रजत पदक जितेकी छन् । उनी पनि १३ वर्षकी नै रहेकी छिन् । कास्य पदक भने जापानकै १६ वर्षीया फुना नाकायामाले हात पारेकी छिन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1