टोकियो ओलम्पिकमा नेपाली खेलाडी एलेक्सले आज प्रतिस्पर्धा गर्दै

अन्य खेल टोकियो ओलम्पिक

काठमाडौं । टोकियो ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाह (एलेक्स)ले आज पुरुष १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्दैछन् । यो खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे टोकियो एक्वेटिक सेन्टरमा हुनेछ ।

७ खेलाडी रहेको यस स्पर्धामा उनी छैटौँ लेनमा छन् । एलेक्ससँग प्यालेस्टाइन, भुटान, माल्दिभ्स, कोसोभो, गुएना र सोलोमोन आइसल्याण्डका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । याे हिटमा विजयी हुने खेलाडीले सेमिफाइनलमा स्थान बनाउने छ ।

टोकियो ओलम्पिकमा पौडीतर्फ नेपालका दुई खेलाडीहरुले भाग लिएका छन् । अलेक्ससँगै महिला सय मिटर फ्रिस्टाइलमा गौरिका सिंहले प्रतिस्पर्धा गदैैछिन् । गौरिका सिंहले भोलि खेल्दै छिन् ।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
Tagged