वनडे शिरिज अष्ट्रेलियाको पोल्टामा, मिचल स्टार्क बने ‘प्लेअर अफ दि सिरिज’

क्रिकेट

काठमाडौं । घरेलु टोली वेष्ट इन्डिजसँगको एक दिवसीय क्रिकेट श्रृङ्खला अस्ट्रेलियाले २-१ ले जितेको छ । मंगलबार विहान ब्रिङटाउनमा सम्पन्‍न तेस्रो तथा निर्णायक खेलमा ६ विकेटको जीत निकाल्दै अस्ट्रेलियाले श्रृंखला जितेको हो ।

वेष्टइन्डिजले दिएको १५३ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ३०.३ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाका म्याथ्यु वेडले अविजित ५१ रनको अर्धशतकीय पारी खेले । यस्तै कप्तान एलेक्स केरीले ३५ र मिचेल मार्सले २९ रन योगदान गरे । एस्टन एगर १९ रनमा अविजित रहे ।

वेस्टइन्डिजका शेल्डन कट्रेल, अकेल हुसेन, अल्जारी जोसेप र हेडन वाल्शले १-१ विकेट हात पारे । त्यसअघि बार्बडोसमा टस जितेर ब्याटिङ गरेको वेस्टइन्डिजले ४५.१ ओभरमा अलआउट हुँदै १५२ रन मात्र बनाउन सक्यो ।

वेस्टइन्डिजका लागि इभान लेविसले अविजित ५५ रन जोडे पनि अरुले राम्रो खेल्न सकेनन् । अस्ट्रेलियाका मिचेल स्ट्रार्कले ३ तथा जोस हेजलवुड, अस्टन अगर र एडम जाम्पाले दुई/दुई विकेट लिए ।

एस्टन एगर खेलको म्यान अफ दि म्याच घोषित भए भने मिचेल स्टार्स प्लेअर अफ दि सिरिज घोषित भए । स्टार्ले सरिजमा कूल ११ विकेट लिए ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0