अब्दुल्लाह अल्मुताइरीको पक्षमा फुटबल प्रेमिको प्रदर्शन, नेम्वाङलाई हटाउन माग

समाचार

काठमाडौं । मानसिक दबाब दिएर राजीनामा दिन बाध्य पारेको भन्दै राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा फिर्ता हुनुपर्ने माग राख्दै हेटौंडामा विरोध प्रदर्शन गरिएको छ। प्रदर्शनमा क्लबका खेलाडीहरु, खेल प्रेमीहरुको सहभागिता रहेको थियो।

राष्ट्रिय फुटबल टिमका प्रशिक्षक आल्मुताइरीको राजीनामाको अभिव्यक्तिबारे आपत्ति जनाउँदै मकवानपुरका विभिन्न्न फुटबल क्लबद्वारा जिल्ला फुटबल संघ अध्यक्ष टीकाराम लामासमक्ष संयुक्त पत्र दिइएको छ । उनीहरूले हेटौंडाको बुद्धचोकमा विरोध प्रदर्शन गरेका थिए ।

उनीहरूले अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले राजीनामा दिनुपर्ने भन्दै चर्को नाराबाजी गरेका थिए। सत्यतआइतवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कुवेती नागरिक अल्मुताइरीले आफूले राजीनामा दिने घोषणा गरेका थिए।

‘प्रिय नेपाली फुटबल समर्थकहरू, आज म एन्फा पुगेर राजीनामा दिँदैछु। मैले राजीनामा दिनुका कारण एन्फा उपाध्यक्ष पंकज नेम्बाङ हुन्। किनभने पछिल्ला तीन सातादेखि उनले मसँग ड्रामा गरिरहेका छन्,’ अल्मुताइरीले फेसबुकमा लेखेका छन्।थ्य छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने, ए डिभिजन लिग तोकिएकै समयमा हुनुपर्ने, फुटबलमा राजनीति रोक्नुपर्ने माग उनीहरुले राखेका छन्।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
1
+1
0
+1
0
+1
0
+1
0
Tagged