मुलर र हालाण्डलाई पछि पार्दै लेवान्डोस्कीले पाए ‘फुटबलर अफ दी इयर’ अवार्ड

फुटबल

काठमाडौं । रोबर्ट लेवान्डोस्कीले ‘जर्मनी फुटबलर अफ दी’ इयर अवार्ड पाएका छन् । ३२ वर्षीय लेवान्डोस्कीले थोमस मुलर र अर्लिङ हालाण्डलाई पछि पार्दै उक्त अवार्ड जित्ल सफल भए हुन् । अघिल्लो वर्ष पनि उनैले यो अवार्ड जितेका थिए ।

३२ वर्षीय लेवान्डोस्कीले थोमस मुलर र अर्लिङ हालाण्डलाई पछि पार्दै उक्त अवार्ड जित्ल सफल भए हुन् । जर्मनीको खेल पत्रकारहरुको भोटका आधारमा लेवान्डोस्की वर्ष खेलाडी चुनिएका हुन् । उनले ३५६ भोट पाएका थिए । मुलरले ४१ र हालाण्डले ३८ भोट पाएका थिए ।

गत सिजन लेवान्डोस्कीले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले घरेलु लिगमा मात्रै २९ खेलबाट ४१ गोल गर्दै ७ गोलमा असिस्ट प्रदान गरेका थिए । ४१ गोलका साथ उनले युरोपियन गोल्डेन बुट जितेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0