अफ्रिदी देखि सन्दीप लामिछानेसम्म… यस्तो मजबुत बन्यो काठमाडौं किंग्स एलेभेन

क्रिकेट

काठमाडौं । विश्व क्रिकेटका चर्चित अलराउन्डर तथा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न नेपाल आउदैछन् । काठमाडौंले सोमबार विदेशी खेलाडीका रूपमा अफ्रिदीको नाम सार्वजनिक गरेको छ ।

अफ्रिदीले काठमाडौं किंग्स एलेभेनबाट ईपिएल खेल्ने खबरले नेपाली क्रिकेटप्रेमी उत्साहित भएका छन् । चौथो संस्करणको ईपीएल आगामी ९ असोजदेखि २३ असोजसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने तालिका छ ।

टिममा अफ्रिदी जोडिएसँगै किंग्स एलेभेन एकदमै मजबुद बनेको छ । अफ्रिदीको अलावा काठमाडौं टिममा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, जितेन्द्र मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टराई, शेर मल्ल, सागर पुन र दीपेन्द्र रावतलगायतका खेलाडी छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged