आफ्नै देशमा ओलम्पिक स्वर्ण जित्ने ओसाकाको सपना अधुरै

टेनिस

काठमाडौं । चार पटककी ग्रान्डस्लाम विजेता जापानकी टेनिस खेलाडी नाओमी ओसाका टोकियो ओलम्पिक–२०२० को टेनिस प्रतियोगिताबाट बाहिरिएकी छन् । विश्व नम्बर दुई ओसाबा ४२ औं वरीयताकी चेक गणतन्त्रकी मार्केटा भोन्द्रुसोभासँग ६–१ र ६–४ ले पराजित भइन्।

यो सँगै टोकियो ओलम्पिकको उद्घाटन समारोहमा ‘ओलम्पिक फ्लेम’ प्रज्वलन गरेकी ओसाकाको स्वदेशी भूमिमा ओलम्पिकको स्वर्ण पदक जित्ने सपनामा पूर्ण विराम लागेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged