पौडी खेलाडी एलेक्जेन्डर शाह ओलम्पिकमा बनाए नयाँ इतिहास

Uncategorized

काठमाडौं, साउन १२ : नेपालका पौडी खेलाडी शाह (एलेक्स) ले ओलम्पिकमा नयाँ इतिहास बनाएका छन । उनी ओलम्पिकको इतिहासमा हिट चरण पार गर्ने पहिलो नेपाली पुरुष खेलाडी बनेका छन । यस हिटमा एलेक्ससहित ७ खेलाडी थिए । हिट चरणमा शाहले ५३.४१ सेकेन्डको समय निकाले।

शाहले पुरुष १ सय मिटर फ्रीस्टाइलमा आफ्नो हिट जित्ने क्रममा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । यो स्पर्धाको राष्ट्रिय कीर्तिमान यसअघि उनकै नाममा थियो। नेपालमा भएको १३औं सागमा उनले ५४:१३ सेकेन्डको कीर्तिमान बनाएका थिए।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
4
+1
1
+1
0
+1
1
+1
0